पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्।
काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले लामिछानेलाई पक्राउ गरेको हो। सहकारीको रकम ग्यालेक्सी टिभीमा लगेर अपचलन गरेको आरोपमा लामिछानेविरुद्ध केही बेरअघि जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको थियो ।
कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जसमा लामिछानेका साथै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल छन् ।
त्यसैगरी देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजि पक्राउ पुर्जी जारी भएको हो ।
यसअघि सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछानेका साथै छविलाल जोशी, जीबी राईलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
प्रकाशित मिति २०८१ कात्तिक २ गते शुक्रबार ०७:०१




