पोखरा ।
पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथी अनुसन्धान गर्न कास्की प्रहरीले ६ दिन माग गरेको थियो ।
कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा ६ दिन हिरासतमा राख्न आदेश दिएको हो । शुक्रबार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो ।
सुर्य थापा नेतृत्वको संसदीय छानविन विशेष समितिले सहकारीको रकम गोर्खा मिडियामा आएको र गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने संलग्न रहेको भन्दै आवश्यक कारवाही गर्न सिफारिस गरेको थियो ।