पोखरा ।
वात्सल्य नेचुरल आईभिएफले पोखरामा नयाँ क्लिनिकको उद्घाटन गरेको छ ।
कार्तिक १० गते पोखराको न्यूरोडमा शाखाको उद्याटन गरिएको हो । क्लिनिकको उद्याटनको अवसरमा बात्सल्यले प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क परामर्श दिएको थियो । वरिष्ठ प्रजनन विशेषज्ञ डा. आकृति भारतीले प्रजनन स्वास्थ्य वारे वारे जानकारी दिएकी थिइन् ।
विगत ८ वर्षदेखि वात्सल्यले करिब ५ हजार जोडीलाई सन्तान प्राप्तिको सुख दिएको वात्सल्यले जनाएको छ ।
वात्सल्यले इच्छुक दम्पतीहरूलाई नयाँ प्रेरणा र नयाँ जीवन दिने प्रतिबद्धता व्यक्त गरेको छ । वात्सल्य नेचुरल आईभिएफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले आइभिएफ प्रविधि मार्फत दम्पतीहरुले सन्तान प्राप्ती गर्ने क्रम बढेको बताए ।
वात्सल्यले पोखरामा सेव सुरु गर्नुपहिले नक्साल, ललितपुर, भक्तपुर, नेपालगन्ज, चितवन, र बुटवलमा सेवा प्रदान गदै आएको छ । वात्सल्यले इच्छुक परिवार प्रजनन सेवा सजिलै उपलब्ध गराइ अभिभावकत्वको खुसी प्रदान गर्न देशभार शाखा विस्तार थालेको बताएको छ ।
वात्सल्य पोखरा क्लिनिकको उद्घाटनको अवसरमा बाँझोपनः समस्या, चुनौती र समाधान शीर्षकमा प्यानल छलफल भएको थियो ।
सो अबसरमा बोल्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बात्सल्यले दम्पतीहरुको सन्तान प्राप्त गर्ने चाहनालाई पुरा गर्न सकेकोमा आभार व्यक्त गरे ।
प्रजनन विशेषज्ञ डा. आक्रिति भारती, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. चण्डिका पण्डित, मनोचिकित्सक डा. निर्मल लमिछाने, अभिनेत्री प्रियंका कार्की, र मिस नेपाल २०२४ आश्मा कुमारी केसी आफ्नो विचार राखेका थिए ।
सो अवसरमा बक्ताहरुले पुरातनबादी समाजमा अझै पनि प्रजनन स्वास्थ्य वारे गलत घारणा रहेको चर्चा गरे । दम्पतीले प्राकृतिक रुपमा बच्चा जन्माउन सम्भव नभएको अवस्थामा आइभिएफ प्रविधिबाट धेरैले सन्तान प्राप्ती गर्न सकेको उनिहरुले अनुभव सुनाए ।
प्रकाशित मिति २०८१ कात्तिक ११ गते आइतबार ०४:०५




