२०८३ साउन २१ गते बिहीबार

झण्डै एक वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयो अन्तर्राष्ट्रिय विमान

झण्डै एक वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयो अन्तर्राष्ट्रिय विमान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २२ गते बिहीबार ०७:०३

विहीबार दिउँसो चार्टड उडानमार्फत सिचुवानको न्यारोबडी एयरबस ३१९ पोखरा आएको हो । पोखरामा शनिबार हुने तेस्रो संस्करणको ‘क्रस कन्ट्री दौड’ मा सहभागी हुने चिनियाँ खेलाडी, प्रतिनिधि, दर्शक र पाहुनासहित १२० जना बोकेर सिचुवानको जहाज पोखरा आएको छ । चीनको कुनमिङ विमानस्थलबाट चार्टड उडान भरेर पोखरा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी सूचना अधिकारी जशोदा सुवेदीले जानकारी दिइन् । उक्त पोखरा विमानस्थलबाट खाली फिर्ता भएको छ ।

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ दोस्रो पटक ल्यान्ड भएको छ ।

विहीबार दिउँसो चार्टड उडानमार्फत सिचुवानको न्यारोबडी एयरबस ३१९ पोखरा आएको हो । पोखरामा शनिबार हुने तेस्रो संस्करणको ‘क्रस कन्ट्री दौड’ मा सहभागी हुने चिनियाँ खेलाडी, प्रतिनिधि, दर्शक र पाहुनासहित १२० जना बोकेर सिचुवानको जहाज पोखरा आएको छ । चीनको कुनमिङ विमानस्थलबाट चार्टड उडान भरेर पोखरा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी सूचना अधिकारी जशोदा सुवेदीले जानकारी दिइन् । उक्त पोखरा विमानस्थलबाट खाली फिर्ता भएको छ ।

चीनिया खेलाडीलाई पोखरामा भब्य स्वागत गरिएको छ । पोखरा महानगरका कार्यवाहक मेयर मोतिलाल तिम्सिना, वडाध्यक्षह, पोखरा पर्यटन परिषद् लगायतका संस्थाले खेलाडीको स्वागत गरेका हुन् । विमानस्थलमा खेलाडीलाई स्वागतपछि संचारकर्मीसंग कुरा गदै महानगरका कार्यवाहक मेयर तिम्सीनाले पर्यटकीय राजधानी पोखरामा र चीनका विभिन्न सहरसंग खेलकुद पर्यटनमार्फत जोड्ने प्रयास भइरहेको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गतवर्षको असार ६ गते सिचुवानको न्यारोबडी एयरबस ३१९ ले नै पहिलो अन्तर्राष्ट्रिय उडान भरेर आएको थियो । त्यतिबेला पोखराको फेवातालमा पहिलो पटक भएको ‘ड्रागन बोटरेस फेस्टिबल’ मा सहभागी हुने खेलाडी र चिनियाँ पाहुनालाई चिनको छेन्दुबाट चार्टर्ड उडान भरेर आएको हो ।

२०७९ पुस १७ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धूमधामका साथ उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । उद्घाटनको दिन हिमालयन एयरलाइन्सले डेमो उडान भरेको थियो । त्यसपछि असार ६ गते सिचुवान एयरलाइन्सको जहाजले चार्टड उडान भरेर पोखरा आएका थियो ।

प्रकाशित मिति २०८१ कात्तिक २२ गते बिहीबार ०७:०३
हजुरको प्रतिक्रिया