पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
रास्वपा कार्यकर्ताले मंगलबार पोखरा रत्नचोकमा गरेको प्रदर्शनका क्रममा प्रहरीले समाचार संकलनमा खटिएका पब्लिक फोरके टेलिभिजनबाट प्रसारित गण्डकी छड्के कार्यक्रमका क्यामरापर्सन राजकुमार माझी, कान्तिपुर टेलिभिजनका इन्द्रप्रसाद पौडेल र विनोद लामिछानेलाई कुटपिट गरेको थिए । सोही विषयमा महासंघ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सिनाले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकषर्ण पत्र बुझाउँदै तिमिल्सिनाले पत्रकारमाथीको आक्रमण लोकतान्त्रिक शासन व्यवस्थालाई गिज्याउने काम भएकाले यस्ता किसिमका कार्य नदोहो¥याउन र पत्रकारमाथी कुटपिट गर्ने दोषीको पहिचान गरी कानुनी कारबाही गर्न माग गरे ।
महासंघका पूर्वअध्यक्ष पुण्य पौडेलले बारम्बार प्रहरी प्रशासनबाट फिल्डमा खटिने पत्रकार कुटिनु विडम्बना भएको बताए । पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले स्वतन्त्रतापूर्वक फिल्डमा खटिने पत्रकारमाथि पटकपटक भएको आक्रमणको भत्र्सना गर्दै घटनामा संलग्न प्रहरीमाथि छानविन गरी कारवाही गर्नुपर्ने माग राखे । पत्रकार श्रीराम सिग्देल, सन्देश श्रेष्ठ र ओम हमालले पनि फिल्डमा खटिने पत्रकारमाथि प्रहरी प्रशासनले गर्ने व्यवहार खेदजनक रहेको जिकिर गरे ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ पाण्डेले नियतवस् नभइ प्रदर्शनकर्ता र प्रहरीबिचमा झडप भएको अवस्थामा सोही घानमा पर्न गएको भन्ने बुझेको बताए । उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र स्वतन्त्रतापूर्वक काम गर्न पाउने वातावरण बनाउन आफुहरु सधै प्रतिवद्द भएको प्रतिवद्दता व्यक्त गरे ।
प्रकाशित मिति २०८१ कात्तिक २२ गते बिहीबार ०७:०६




