२०८३ साउन २१ गते बिहीबार

पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै

पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ५ गते बुधबार ०९:४१

उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं लगेसँगै बयानका लागि आज अदालतमा पेस गर्न लागिएको हो ।

काठमाडौं ।

सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिने भएको छ ।

उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं लगेसँगै बयानका लागि आज अदालतमा पेस गर्न लागिएको हो ।

जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएको थियो ।

जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पूर्जी जारी भएको थियो ।

प्रकाशित मिति २०८१ मंसिर ५ गते बुधबार ०९:४१
हजुरको प्रतिक्रिया