पोखरा ।
पूवगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ ।
कात्तिक २५ गते थपिएकोे म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो ।
आइतबार पाँचौंपटक म्याद थपका लागि लामिछानेलाई अदालत उपस्थित गराइएको थियो ।
कात्तिक २ गते पक्राउ परेका लागिछानेमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको समय दिएको थियो ।
त्यसबीचमा रूपन्देहीमा पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई रूपन्देही लगेर बयानसमेत लिइएको थियो ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति २०८१ मंसिर ९ गते आइतबार ०३:५९