पोखरा ।
पोखरा महानगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएको छ ।
कर्मचारी विदेश भ्रमणमा गएको र नक्कली बिलभरपाई बनाई पेश गरेको उजुरी पछि अख्तियार पोखरा कार्यालयले महानगरबाट कागजात नियन्त्रणमा लिएको हो ।
उजुरीमा आर्थिक प्रशासन महाशाखा प्रमुख जयराम पौडेल लगायतले नक्कली कागजात पेश गरेको उल्लेख गरिएको अख्तियारले जानकारी दिएको छ । गएको कार्तिक १९ गते देखि २४ सम्म महानगरका १६ जना कर्मचारी भारत गएका थिए ।
४ लाख रुपैया पेस्की लिएर भारत गएका कर्मचारीको खर्च स्वीकृत भई फरफार भइसकेको महानगरले जनाएको छ । महागनरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले अख्तियारबाट आएको टोलीले कर्मचारी भ्रमणको फाइल माग गरेको जानकारी दिए ।
प्रकाशित मिति २०८१ मंसिर ११ गते मंगलबार ०७:१९