गोरखा ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ स्थित गुम्दामा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयबासी खुसी भएका छन् ।
भौतिक विकासमा पिछडिएका गुम्दामा ग २ ख १४९७ नम्वरको यात्रुवाहक बस पुग्दा स्थानीयबासीले बाजा गाजासहित भव्य स्वागत गरेका हुन् । कच्ची सडकमा बस ल्याएर सेवा दिएको भन्दै बस चालक गोपाल श्रेष्ठलाई स्थानीयबासीले फूलमालासहित समेत स्वागत गरेका छन् ।
यसभन्दाअघि महँगो भाडा तिरेर जिपमा यात्रा गर्नु पर्ने वाध्यता भए पनि उक्त क्षेत्रमा पहिलो पटक यात्रुबस पुग्दा गाउँमा खुसीयाली आएको वडाध्यक्ष भीमप्रसाद गुरुङले जानकारी दिए ।
उनले अवदेखि गुम्दा–काठमाडौं नियमित बस सेवा संचालन हुने प्रतिवद्धता व्यक्त गरे । दशै अघिदेखि बस ल्याउन पहल गरेको बस बेमौसमी वर्षाका कारण प्रभावित भएको उनको भनाइ छ ।
प्रकाशित मिति २०८१ मंसिर १३ गते बिहीबार ०६:३६