काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।
आज बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छिन् ।
भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा.धनश्याम भुसालले विज्ञप्ती निकालेर राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको जानकारी दिए ।

प्रकाशित मिति २०८१ मंसिर १९ गते बुधबार ०९:२३