पोखरा
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत उपस्थित गराइएको छ ।
यसअघि थपिएको म्याद शनिबार सकिएसँगै प्रहरीले आज अदालतमा उपस्थित गराएको हो । रविलाई मंसिर ८ गते १५ दिनको म्याद थप गरिएको थियो ।
उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्का सञ्चालक पूर्वडीआइजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई पनि अदालत उपस्थित गराइएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई वयानका लागि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो । जिल्ला अदालत पर्साबाट समेत पक्राउ पुर्जी जारी भएकाले उनलाई वयानका लागि पर्सा लग्ने प्रहरीको तयारी छ ।
प्रकाशित मिति २०८१ मंसिर २३ गते आइतबार ११:०१