२०८३ साउन २१ गते बिहीबार

अंग्रेजी नयाँ वर्षमा पोखरामा २६औँ पोखरा सडक महोत्सव हुने

अंग्रेजी नयाँ वर्षमा पोखरामा २६औँ पोखरा सडक महोत्सव हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २४ गते सोमबार ०६:३८

महोत्सव फेवा ताल किनारको ३ किलोमिटर सडकमा हुनेछ । महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटररेसलगायतका कार्यक्रम हुनेछन् ।

पोखरा ।

अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा आउँदो पुस १३ देखि १७ गतेसम्म पोखरामा ‘२६औँ पोखरा सडक महोत्सव’ हुने भएको छ ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा पाँचदिने महोत्सव हुन लागेको हो ।

रेवान पोखराले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विश्वराज पौडेलले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि पोखराको लेकसाइडस्थित तीन किलोमिटर क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

महोत्सव फेवा ताल किनारको ३ किलोमिटर सडकमा हुनेछ । महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटररेसलगायतका कार्यक्रम हुनेछन् ।

मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्राआर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्‍याउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।

महोत्सवमा संघिय राजधानी काठमाडौँसहित चितवन, बीरगञ्ज, विराटनगर, नेपालगञ्जलगायतका स्थानबाट आन्तरिक पर्यटकको सहभागिता रहने आयोजकले विश्वास लिएको छ । महोत्वसको पूवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद् छन् ।

प्रकाशित मिति २०८१ मंसिर २४ गते सोमबार ०६:३८
हजुरको प्रतिक्रिया