२०८३ साउन २१ गते बिहीबार

गण्डकीका भौतिकमन्त्री प्रकाशबहादुर केसीको सय दिनका उपलब्धि सार्वजनिक

गण्डकीका भौतिकमन्त्री प्रकाशबहादुर केसीको सय दिनका उपलब्धि सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २५ गते मंगलबार ०७:२२

प्रदेशमा राइड शेयरिङलाई वैधानिकता दिन पटकपटक छलफल गरिएको मन्त्री केसीले बताए । उनले अहिले कार्यविधि तयार पार्ने काम भइरहेको उल्लेख गरे ।

पोखरा ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले आफ्नो सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् ।

गत भदौं १७ गते पदभार ग्रहण गरेका मन्त्री केसीले मंगलबार मन्त्रालयमा सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन् । मन्त्री भएको एक सय दिनको अवधिमा केसीले प्रदेश ११ वटै जिल्लाका योजनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन् । १० वटा जिल्लामा मन्त्री आफै पुगेका छन् भने एउटा जिल्लामा सचिवमार्फत योजनाको निरीक्षण गरेका थिए ।

मन्त्री केसीले प्रथम चौमासिकको समाप्तिमा हालसम्मकै उच्च विकास खर्च गरेको बताए । मन्त्रालयले हालसम्म १०.०१ वित्तिय र १२.६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । जुन हालसम्मकै उच्च रहेको भौतिक मन्त्री केसीले बताए ।

मन्त्रालयअन्तर्गतका १९ वटा निकायबाट ७६ करोड ३९ लाख ३२ हजार ३ सय ७० राजस्व संकलन भएको मन्त्री केसीले सार्वजनिक गरेको उपलब्धिमा समावेश गरिएको छ । मातहतको कार्यालयका प्रमुखलाई ढिलोमा पुस मसान्तसम्म ठेक्का प्रक्रियाको काम सक्न मन्त्री केसीले निर्देशन दिए । मन्त्रालयका १८४६ योजनामध्ये ३८ सकिएका, ४८५ निर्माणाधिन, २६५ मुल्यांकनको चरणमा, ३ सय योजना बोलपत्र आव्हान भएको र ४८८ योजना लागत अनुमान तयार भइ स्विकृतिको चरणमा रहेको मन्त्रीले जानकारी दिए ।

मन्त्री केसीले सेवा सहज बनाउने उद्देश्यले कास्की, तनहुँ, बागलुङ र नवलपुरको यातायात व्यवस्था कार्यालयमा टोकन सिस्टम लागु र हेल्प डेस्क स्थापना गरेका छन् । यस्तै सेवाग्राहीको चाप एउटा कार्यालयमा मात्र नपरोस् भन्ने उद्देश्यले लेखनाथमा पनि यातायात कार्यालय स्थापना गर्ने तयारी गरेको मन्त्री केसीले बताए । सरकारको स्वामित्वमा रहेको जग्गा मन्त्रालयले उपयोग गर्न स्विकृति माग गर्ने निणर्य भएर प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

प्रदेशमा राइड शेयरिङलाई वैधानिकता दिन पटकपटक छलफल गरिएको मन्त्री केसीले बताए । उनले अहिले कार्यविधि तयार पार्ने काम भइरहेको उल्लेख गरे ।

प्रकाशित मिति २०८१ मंसिर २५ गते मंगलबार ०७:२२
हजुरको प्रतिक्रिया