पोखरा ।
पोखरा महानगरपालिकाको नगर सभाको विशेष बैठकले पोखरा महानगरपालिकाको संगठन तथा व्यवस्थापन प्रतिवेदन-२०८१ (ओएनएम) स्वीकृत गरेको छ ।
स्वीकृत ओएनएम अनुसार अब महानगरमा ११ सय ९१ कर्मचारीको दरबन्दी सृजना हुने नगर सभाका अध्यक्ष एवं महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलगाइ नेतृत्वमा बनेको समितिले नगर सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग सहमती गरी ओएनएम तयार गरेको थियो । सोही प्रतिवेदन नगरसभाबाट पारित गरिएको हो ।
ओएनएम प्रतिवेदनलाई प्रदेश निजामतीखानामा तत्काल दर्ता गर्ने र दर्ता भएर आए पछि दरबन्दी अनुसारको कर्मचारी माग गरि लोकसेवा आयोगमा पठाउने महानगर प्रमुख आचार्यले जानकारी दिए । प्रदेश लोकसेवाबाट स्थायी पदपूर्ती नहुँदासम्म कर्मचारी आवश्यक परेमा लोकसेवा आयोगको अस्थायी योग्यता क्रमको सूचिबाट करारमा कर्मचारी नियुक्ती गर्न सकिने गरि नगरसभाले निणर्य गरेको छ ।
कामकागमा आएका कर्मचारीलाई कनिष्टताको आधारमा काज फिर्ता गदैँ जाने र सेवा अवकास पाउदा समेत उनिहरुको आर्थिक व्ययभार नलिने नगर सभाले निणर्य गरेको छ । नगर कार्यपालिका निणर्य पछि करार सेवा मुक्त भएका ३५ जना कर्मचारीको म्याद पौष मसान्त पछि थप नगर्ने र उनिहरुलाई दुई महिना बराबरको सेवा उपलब्ध गराइ विदा गरिने छ । राजनीतिक सहमतिका आधारमा विशेष नगरसभाले ९ वटा बुदाँमा सहमती गरेको आचार्यले जानकारी दिए ।
गौरवका आयोजना वाहेक थप दायित्व हुने गरी बहुवर्षीय आयोजना ठेक्का नलगाउने, आर्थिक सहायता वितरण तथा वार्षिक विकास कार्यक्रमबाट स्विकृत भएका वाहेक कार्यक्रम वितरण नगर्ने । पदाधिकारी तथा कर्मचारीको वैदेशीक तथा आन्तरिक भ्रमण व्यवस्थित गर्न कार्यविधि तर्जुमा गरी आगामी नगर सभामा पेश गर्ने । विनियोजन ऐनले तोकेको भन्दा बाहिर गएर कुनै पनि शिर्षकमा रकमान्तर नगर्ने नगरसभाले निणर्य गरेको छ ।
यस्तै फेवा तालको मापदण्ड कार्यान्वय, पोखरा बसपार्क, पोखरा सभागृह, फोहोर प्रशोधन केन्द्र निमाणर् लगायतका विकास निर्माणका योजनालाई अगाडी बढाउने सभाले निणर्य गरेको छ ।
नगरसभाका ८७ जना सदस्यले विशेष नगरसभाको माग गरे पछि यही मंसिर २० गतेका लागि नगरसभाका अध्यक्ष समेत रहेका महनगर प्रमुख आचार्यले विशेष नगर सभाको बैठक बोलाएका थिए ।




