पोखरा ।
नेपाल पुन मगर समाज केन्द्रीय समितिको अध्यक्षमा खमबहादुर गर्वुजा पुन मगर सर्वसम्मत चयन भएका छन् ।
पोखरामा भएको दोस्रो राष्ट्रिय महाधिवेशन तथा नवौं वार्षिक साधारण सभाबाट खमबहादुरको नेतृत्वमा ३१ सदस्य समिति सर्वसम्मत चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर फगामी पुनमगर, उपाध्यक्ष नरबहादुर फगामी पुन मगर, महिला उपाध्यक्ष रामकुमारी पुनमगर, महासविच प्रतिमाया पुनमगर, सचिव हेमकुमारी गर्वुजा पुनमगर र कोषाध्यक्ष दलबहादुर पुनमगर चयन भएका हुन् ।
पहिलो महाधिवेशन भएको ९ वर्षपछि समितिले दोस्रो अधिवेशन गरेको हो । महाधिवेशनबाट समितिले ६ बुँदे घोषणा पत्र जारी गरेको छ । समितिले मगर खाम मातृभाषा, धर्म, संस्कार, संस्कृति र भेषभुषा संरक्षण एवम् प्रवर्द्धन गर्ने र देश विदेशमा रहेका पुन मगर लगायत मगरको एकताको लागि नेपाल पुन मगर समाज प्रतिवद्ध व्यक्त गरेको छ ।
कुनै पनि पार्टी भन्दा जाति ठुलो हो भन्ने धेयलाई आत्मसात् गर्दै पुन मगर समाजलाई विशुद्ध जातिय उत्थानको रुपमा अगाडी बढाउन प्रतिवद्धता जाहेर गरेको अध्यक्ष खमबहाुदर गर्वुजा पुन मगरले जानकारी दिए ।
प्रकाशित मिति २०८१ पुस १ गते सोमबार ०६:५०




