२०८३ साउन २१ गते बिहीबार

पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु

पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २ गते मंगलबार ०५:०८

तीन दिने सम्मेलनमा संघीय संसद तथा ७ वटै प्रदेश सभाका सभामुख, उपसभामुखसहितका पदाधिकारी सहभागी छन् ।

पोखरा ।

पोखरामा मंगलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ । सम्मेलनमा संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका पदाधिकारीको सहभागिता रहेको छ ।

सम्मेलनको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरे । घिमिरेले संसदलाई बलियो बनाउनुपर्नेमा जोड दिए । संसद प्रभावकारी भएमात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने उनको भनाई थियो । संघीयतालाई बलियो बनाउने कानून निर्माण गर्न संसदको प्रयत्न र प्रयास पर्याप्त रहेपनि परिणाम आउन नसकेको उनको भनाइ छ ।

नागरिकको विकास आकांक्षा पूरा गर्नेतिर केन्द्रित प्रमुख राजनीतिक शक्तिले जिम्मेवारीबोध गरेर अगाडि बढ्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो ।

संघीयता कार्यान्वयनसँग जोडिएका कानून निर्माण गर्न ढिला भएको बताउँदै सभामुख घिमिरेले आगामी अधिवेशनमा ती विधेयक पारित गर्न संसदले सकारात्मक भूमिका निर्वाह गर्ने बताए । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतालाई संस्थागत गर्न धेरै कानूनी प्रबन्ध र व्यवस्थापकीय कार्य गर्न बाँकी रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान अनुकूल कानून निर्माणको काम ढिला भएको त्यसका लागि संसदले समेत प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । तीन दिने सम्मेलनमा संघीय संसद तथा ७ वटै प्रदेश सभाका सभामुख, उपसभामुखसहितका पदाधिकारी सहभागी छन् ।

प्रकाशित मिति २०८१ पुस २ गते मंगलबार ०५:०८
हजुरको प्रतिक्रिया