२०८३ साउन २१ गते बिहीबार

सब-ईञ्जिनियर पदमा जागिर खुल्यो

सब-ईञ्जिनियर पदमा जागिर खुल्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ चैत ३० गते सोमबार ०१:४५

पोखरा । प्रदेश नम्बर १ अन्तर्गत प्रदेश लोक सेवा आयोगले असिस्टेन सब-ईञ्जिनियर पदमा दरखास्त आह्वान गरेको छ । प्रदेश नम्बर १ को प्रदेश लोक सेवा आयोगले ८१ पदका लागि दरखास्त आह्वान गर्दै सोमबार गोरखापत्रमा सूचना प्रशासन गरेको छ । प्रदेश...

पोखरा । प्रदेश नम्बर १ अन्तर्गत प्रदेश लोक सेवा आयोगले असिस्टेन सब-ईञ्जिनियर पदमा दरखास्त आह्वान गरेको छ । प्रदेश नम्बर १ को प्रदेश लोक सेवा आयोगले ८१ पदका लागि दरखास्त आह्वान गर्दै सोमबार गोरखापत्रमा सूचना प्रशासन गरेको छ ।

प्रदेश नम्बर १ अन्तर्गत विभिन्न गाउँपालिकाका लागि उक्त पदमा दरखास्त आह्वान भएको हो । स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक तर्फका पदहरूको खुला र समावेशी प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गर्न दरखास्त आह्वान भएको छ ।

असिस्टेन सब-ईञ्जिनियर र सब-ईञ्जिनियर गरी कूल ८१ पदमा दरखास्त आह्वान भएको सूचनामा उल्लेख छ । परीक्षा केन्द्र विराटनगर तोकिएको छ ।

वैखाख १९ गतेभित्र दरखास्त दिइसक्नुपर्नेछ । १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले दरखास्त दिन पाउनेछन् ।

प्रकाशित मिति २०७७ चैत ३० गते सोमबार ०१:४५
हजुरको प्रतिक्रिया