२०८३ साउन २१ गते बिहीबार

उद्योग वाणिज्य संघ गोरखाको कार्यसमिति अध्यक्षमा भगवानबाबु मास्के निर्विरोध चयन 

उद्योग वाणिज्य संघ गोरखाको कार्यसमिति अध्यक्षमा भगवानबाबु मास्के निर्विरोध चयन 

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ पुस ३ गते बुधबार ०७:३१

अस्मकबाबु श्रेष्ठ बरिष्ठ उपाध्यक्षमा, प्रकाशचन्द्र श्रेष्ठ उपाध्यक्षमा, चन्दनबाबु खत्री महासचिवमा, शरण श्रेष्ठ सचिवमा, सुरेन्द्र कुवँर कोषाध्यक्ष र बसन्त बस्नेत सह–कोषाध्यक्षमा निर्विरोध चयन भएका छन् । निर्वाचन समितिले तोकेको मनोनयनको समयमा सबैपदमा एकल उम्मेदवारी परेको हो ।

गोरखा ।

उद्योग वाणिज्य संघ गोरखाको अध्यक्षमा भगवानबाबु मास्के निर्विरोध चयन भएका छन् ।

१७ औं अधिवेशनका लागि मास्के सहित सम्पूर्ण पदका लागि निर्विरोध मनोनयन भएको निर्वाचन समितिले जनाएको छ ।

अस्मकबाबु श्रेष्ठ बरिष्ठ उपाध्यक्षमा, प्रकाशचन्द्र श्रेष्ठ उपाध्यक्षमा, चन्दनबाबु खत्री महासचिवमा, शरण श्रेष्ठ सचिवमा, सुरेन्द्र कुवँर कोषाध्यक्ष र बसन्त बस्नेत सह–कोषाध्यक्षमा निर्विरोध चयन भएका छन् । निर्वाचन समितिले तोकेको मनोनयनको समयमा सबैपदमा एकल उम्मेदवारी परेको हो ।

यस्तै, महिला सदस्यमा शुसिला श्रेष्ठ, बस्तुगत सदस्यमा पर्व बहादुर बिक, एशोसियट सदस्यमा विक्रम बस्नेत, सदस्यहरुमा प्रदिप खनाल, पुष्कल अर्याल, कर्णबहादुर गुरुङ, दिपककुमार श्रेष्ठ, मनकाजी श्रेष्ठ, काजीराम श्रेष्ठ, किरण ढकाल, भोला प्रसाद मरहट्टा र सोम कोइराला निर्विरोध चयन भएका हुन् । उनीहरुको आधिकारिक घोषणा भने हुन बाँकी रहेको निर्वाचन समितिका संयोजक स्थानेश्वर दुवाडीले बताए ।

संघको ४९ औं बार्षिक साधारण सभा तथा १७ औं अधिवेशन यहि पुष ५ र ६ गते तोकिएको छ । अधिवेशनको उद्घाटन ५ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने तय भएको संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति २०८१ पुस ३ गते बुधबार ०७:३१
हजुरको प्रतिक्रिया