२०८३ साउन २१ गते बिहीबार

पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना, ५ जना घाइते

पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना, ५ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ४ गते बिहीबार ०४:४५

घाइते सबै महिला रहेको डिएसपी शर्माले बताए । घाइतेलाई हेलिकप्टरमार्फत पोखरा ल्याउदै गरेको प्रहरीले जनाएको छ ।

पोखरा ।

पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको जिप अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा दुर्घटना भएको छ ।

बिहीबार दिउँसो ग १ ज ६८२१ नम्बरको जिप बतासेडाँडामा दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिप सडकबाट करिब ६ सय मिटर तल खसेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

जिपमा ७ जना सवार थिए । घाइते सबै महिला रहेको डिएसपी शर्माले बताए । घाइतेलाई हेलिकप्टरमार्फत पोखरा ल्याउदै गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ पुस ४ गते बिहीबार ०४:४५
हजुरको प्रतिक्रिया