२०८३ असोज २५ गते आइतबार

मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको निधन

मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ८ गते सोमबार १०:१३

काठमाण्डौको जोरपाटीमा रहेको आफ्नै निवासमा सुतिरहेकै अवस्थामा उनी मृत फेला परेको आफन्तले बताएका छन् । उनका श्रीमानले बिहान सुनितालाई उठाउन खोज्दा अचेत अवस्थामा फेला पारेका थिए ।

काठमाडौं ।

मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ ।

काठमाण्डौको जोरपाटीमा रहेको आफ्नै निवासमा सुतिरहेकै अवस्थामा उनी मृत फेला परेको आफन्तले बताएका छन् ।

उनका श्रीमानले बिहान सुनितालाई उठाउन खोज्दा अचेत अवस्थामा फेला पारेका थिए ।

त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटी पु¥याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन् ।

उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो ।

दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मानसमेत गरेको थियो ।

 

प्रकाशित मिति २०८१ पुस ८ गते सोमबार १०:१३
हजुरको प्रतिक्रिया