पोखरा ।
कास्की विभिन्न ठाउँमा लगाइएको निषेधित क्षेत्र हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
निषेधित क्षेत्र हटाउन माग गर्दै रास्वपा कास्कीले मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई ध्यानाकर्षण गराएको हो ।
पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड प्रवेशको मुख्यमार्गमा नै दुई महिनाभन्दा बढि समयदेखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको रास्वपाको ठहर छ ।
सभापति रवि लामिछानेविरुद्ध अभियोग दर्ता भएकाले अदालती प्रक्रियालाई पूर्णरुपमा सघाउने भन्दै निषेधित क्षेत्र हटाउन माग गरेको हो ।

प्रकाशित मिति २०८१ पुस ९ गते मंगलबार ०५:५४