२०८३ साउन २१ गते बिहीबार

ड्रागनबोट फेस्टिभलमा सहभागी हुन पोखरा आइपुगे चिनियाँ खेलाडी

ड्रागनबोट फेस्टिभलमा सहभागी हुन पोखरा आइपुगे चिनियाँ खेलाडी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ११ गते बिहीबार ०२:०८

दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको हो । फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ ।

पोखरा ।

चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना खेलाडी पोखरा आइपुगेका छन् ।

खेलाडीलाई पोखरा महानगर प्रमुख धनराज आचार्य पर्यटन व्यवसायीसहितले बाजागाजासहित स्वागत गरेका छन् ।

पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडी चार्टर जहाजमा आइपुगेका हुन् ।

दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको हो । फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ ।

यसअघिको फेस्टिभलमा पनि सिचुवानकै चार्टर जहाजमा चिनियाँ खेलाडी आएका थिए । सिचुवानकै जहाज चार्टरमा पोखरा आएको यो तेस्रोपटक हो । यही कात्तिकमा पोखरामा भएको क्रसकन्ट्री दौड प्रतियोगितामा पनि जहाज चार्टर गरी चीनिया खेलाडी पोखरा आएका थिए ।

जहाज पोखराबाट स्थानीय पत्रकार र पर्यटन व्यवसायीलाई लिएर काठमाडौँ फर्की सकेको छ ।

प्रकाशित मिति २०८१ पुस ११ गते बिहीबार ०२:०८
हजुरको प्रतिक्रिया