२०८३ साउन २१ गते बिहीबार

गोरखा बिरिञ्चोकमा निःशुल्क आँखा शिविर:२ सय २३ जनाले लिए सेवा

गोरखा बिरिञ्चोकमा निःशुल्क आँखा शिविर:२ सय २३ जनाले लिए सेवा

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ पुस ११ गते बिहीबार ०७:१९

४५ जनालाई चस्मा वितरण गरेको र २६ जना बिरामीको आँखामा मोतिया बिन्दु रोग ठहर भएकोमा तत्कालै ४ जनाको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका थिए ।

गोरखा ।

गण्डकी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीवार गोरखा जिल्लास्थित गोरखा नगरपालिका–१०, बिरिन्चोकको बिरे डाँडाकोमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको थियो । शिविरमा आँखाको विशेष जाँच गरिएको थियो भने निःशुल्क औषधि एवम् चस्मा वितरण समेत गरिएको थियो ।

सहकारीको आयोजनामा गोरखा नगरपालिका–१० को आर्थिक सहयोग तथा गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोगमा आयोजित निःशुल्क आँखा शिविरमा कुल २२३ जना बिरामीको आँखा परीक्षण गरिएको थियो । सो मध्ये ४५ जनालाई चस्मा वितरण गरेको र २६ जना बिरामीको आँखामा मोतिया बिन्दु रोग ठहर भएकोमा तत्कालै ४ जनाको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका थिए ।

मोतीबिन्दु ठहर भएका ४ जना बिरामीलाई यही महिना भित्र गोरखा लायन्स आँखा सेवा केन्द्र लगेर अन्य आवश्यक जाँच पश्चात् निःशुल्क आँखाको शल्यक्रिया गरिने छ । साथै अन्य बिरामीलाई समेत समयावधि तोकि शल्यक्रिया गर्ने योजना रहेको संस्थाका प्रबन्ध निर्देशक लक्ष्मी अंगाईले जानकारी दिएकी छन् ।

प्रकाशित मिति २०८१ पुस ११ गते बिहीबार ०७:१९
हजुरको प्रतिक्रिया