२०८३ साउन २१ गते बिहीबार

गोरखामा सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारबीच समन्वयात्मक बैठक सम्पन्न

गोरखामा सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारबीच समन्वयात्मक बैठक सम्पन्न

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ पुस ११ गते बिहीबार ०७:३७

सार्वजनिक निकायका सूचना अधिकारी, प्रमुख तथा सञ्चारकर्मीसंग सूचनाको हक सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी) चित्राङ्गत बरालले बताए ।

गोरखा ।

गोरखामा जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा सूचनाको हकको कार्यान्वयनको विषयमा जिल्लास्थितसमन्वयात्मक बैठक बिहिबार सम्पन्न भएको हो । बैठकमा सूचना अधिकारीको यसअघिका बैठकमा भएका निर्णय तथा सूचनाको हक कार्यान्वयन अवस्था, समस्या तथा चुनौतिका बारेमा समिक्षा गरिएको थियो ।

सरकारी कार्यालय तथा सञ्चार क्षेत्रबीच सूचना आदानप्रदानमा रहेका समस्याका बारेमा छलफल गरि आगामी दिनमा सरकारी कार्यालय र सञ्चार क्षेत्रबीचको समन्वयलाई प्रभावकारी बनाउँदै सरकारी कार्यालयका गतिविधिलाई पारदर्शी बनाउने, माग गरेको बखत सूचना प्राप्त हुने व्यवस्था मिलाउने निर्णय भएको छ ।

सञ्चार क्षेत्रले सरकारी कार्यालयका सूचनालाई प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्ने तथा सबै कार्यालयका सार्वजनिक सरोकारका सूचना कार्यालयका वेभसाईट, सामाजिक सञ्जाल, सूचनापाटि वा अन्य उपयुक्त माध्यम मार्फत नियमित रुपमा सार्वजनिकिकरण गर्दै सूचनाको पहुँचलाई सहज बनाउने निर्णय भएको छ ।

सार्वजनिक निकायका सूचना अधिकारी, प्रमुख तथा सञ्चारकर्मीसंग सूचनाको हक सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी) चित्राङ्गत बरालले बताए ।

प्रकाशित मिति २०८१ पुस ११ गते बिहीबार ०७:३७
हजुरको प्रतिक्रिया