२०८३ साउन २१ गते बिहीबार

पोखरामा प्रदेश स्तरीय मगर सांस्कृतिक महोत्सव–२०८१ हुँदै

पोखरामा प्रदेश स्तरीय मगर सांस्कृतिक महोत्सव–२०८१ हुँदै

हिमाल किसान

@Public 4K Tv

२०८१ पुस ११ गते बिहीबार ०७:४१

मनाङ जिल्ला बाहेकका गण्डकी प्रदेशका बाँकी १० वटै जिल्लाबाट ३६५ जना कलाकार सहभागी हुने अध्यक्ष थापाले बताइन् ।

पोखरा ।

नेपाल मगर संघ, गण्डकी प्रदेश समितिको आयोजनामा प्रदेश स्तरीय मगर सांस्कृतिक महोत्सव–२०८१ हुने भएको छ ।

नेपाल मगर संघ, गण्डकी प्रदेश समितिको आयोजना र नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीको समन्वयमा महोत्सव आयोजना गर्न लागिएको बिहिबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

विभिन्न जातजाति र भाषाभाषी भएका समुदायबीच सहिष्णुता, एकता र अपसी सम्बन्धलाई प्रगाढ बनाउन महोसत्व आयोजना गरेको नेपाल मगर संघ, गण्डकी प्रदेशकी अध्यक्ष तारामाया थापा मगरले बताइन् । महोत्सव पौष १९ र २० गते पोखरा सभाहलमा हुनेछ ।

महोत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्रचलित कौराहा, झ्याउरे, कृष्णचरित्र, यानीमाया, सोरठी, सालैजो, थाली नाच, मारुनी, भुम्या लगायतका मगर समुदायका परम्रागत लोकनृत्य प्रस्तुत गरिने अध्यक्ष मगरले जानकारी दिइन् ।

मनाङ जिल्ला बाहेकका गण्डकी प्रदेशका बाँकी १० वटै जिल्लाबाट ३६५ जना कलाकार सहभागी हुने अध्यक्ष थापाले बताइन् । महोत्सवमा करिब १० हजार दर्शकको उपस्थिति हुने आयोजकको दाबी छ । महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ ।

प्रकाशित मिति २०८१ पुस ११ गते बिहीबार ०७:४१
हजुरको प्रतिक्रिया