२०८३ साउन २१ गते बिहीबार

पोखरा महानगर–१५ मा तेस्रो खेलकुद महोत्सव हुँदै

पोखरा महानगर–१५ मा तेस्रो खेलकुद महोत्सव हुँदै

हिमाल किसान

@Public 4K Tv

२०८१ पुस ११ गते बिहीबार ०७:४५

खेलकुद महोत्सव सम्पन्न गर्न १५ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको संयोजक भण्डारीले उल्लेख गरे । सो मध्य ५ लाख रुपैयाको पुरस्कार वितरण हुनेछ ।

पोखरा ।

पोखरा महानगरपालिका वडानम्बर १५ ले विविध खेलकुद गतिविधि समेटेर तेस्रो खेलकुद महोत्सव गर्ने भएको छ ।

स्थानीय स्तरमा खेलकुदको महत्वलाई स्थापित गर्न माघ २ गते देखि ६ गतेसम्म वन विज्ञान संस्थान पोखराको खेल मैदानमा महोत्सव हुन लागेको विहिबार पत्रकार सम्मेलन गर्न जानकारी दिइएको हो ।

महोत्सवमा छात्र फुटबल, छात्र छात्रा भलिबल, सडक दौड, १० किलोमिटर साइक्लिङग, छात्र छात्रा युनिक हक्की, व्याडमिन्टीन, ५ किलोमिटर छात्र छात्रा सडक दौड र ह्लचियर दौड प्रतियोगिता संचालन हुने वडासदस्य एवं खेल संयोजक आशिष भण्डारीले जानकारी दिए ।

महोत्सवले स्थानीय युवाको प्रतिभा पहिचान र विकास गर्दै राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको निर्माण गर्ने मुख्य उद्देश्य रहेको वडाध्यक्ष तोरण बहादुर बानियाले बताए । महोत्सवमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली खेल्न लागेको आइसिसि यू १९ महिला विश्वकपको टोलीमा पर्न सफल भएकी वडा नं. १५ की रचना चोधरीलाई रु ३४ हजार नगद पुुरस्कारले सम्मान गर्ने वडा अध्यक्ष बाँनियाले बताए ।

खेलकुद महोत्सव सम्पन्न गर्न १५ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको संयोजक भण्डारीले उल्लेख गरे । सो मध्य ५ लाख रुपैयाको पुरस्कार वितरण हुनेछ ।

प्रकाशित मिति २०८१ पुस ११ गते बिहीबार ०७:४५
हजुरको प्रतिक्रिया