पोखरा ।
पोखराको फेवातालमा दोस्रो संस्करणको ड्रागन बोटरेश फेस्टिबल सुरु भएको छ ।
लेकसाइडस्थित हल्लनचोकमा फेस्टिबल सुरु भएको हो । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले फेस्टिबलको उद्घाटन गरे । खेलकुदले देश र समुदायलाई एकताको शुत्रमा बाधेको चौधरीले बताए ।
आज दुइ सय र ५ सय मिटर तर्फका प्रतिस्पर्धाबाट फाइनलमा पुग्ने टिमको टुन्गो लाग्ने छ । भोली फाइनल खेल हुने आयोजकले जनाएको छ ।
दुई दिन चल्ने प्रतियोगितामा २० समूहले सहभागिता जनाएका छन् । नेपालका ११, चीन ८ र सिंगापुरका एक गरी २० समूह सहभागी भएका छन् । २०० मिटर र ५०० मिटर दुरीमा हुने प्रतिस्पर्धामा विजेता समूहले समान ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । उपविजेताले २ हजार डलर र तेस्रोले १ हजार २०० डलर पुरस्कार प्राप्त गर्नेछन् ।
सहभागी समूहलाई प्रतिसमूह ५ सय डलर प्रदान गरिने छ । ड्रागन बोटरेशमा सहभागी हुने चीनियाँ खेलाडी, प्राविधिक र पाहुनासहित १२९ जनालाई बोकेर सिचुवान एयरलाइन्सको विमानको चार्टर उडान मार्फत पोखरा आएको थियो ।प्रतियोगिताका लागि चीनबाटै ड्रागन बोट ल्यइएको छ ।
प्रकाशित मिति २०८१ पुस १४ गते आइतबार ०१:३५




