पाेखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ ले साहित्य पर्व २०८१ गर्ने भएको छ ।
साहित्य र संस्कृतिलाई प्रोत्साहन गराउन संवादको थालनी गर्न लागिएको पर्वको संयोजक राजेन्द्र भण्डारीले जानकारी दिए ।
पुस २० गते वडा कार्यालयमा समाजको विकासमा साहित्यको योगदानमा रहेर पर्व गर्न लागिएको संयोजक भण्डारीले जानकारी दिए ।
‘वास्तवमा शब्द आवाज, चेतना र भावना हो । यिनै शब्दको विविधि आयामलाई जीवित बनाउन शब्दको भलाकुसारी गर्न लागिएको छ,’ उनले भने ।
शब्दहरु जीवनका रंग बन्छन् नारा दिएर गर्न लागिएको पर्वमा डाक्टर अभि सुवेदीले कि नोट स्पिच दिनेछन् ।