२०८३ साउन २१ गते बिहीबार

अर्जुनचौपारीका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अर्जुनचौपारीका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १६ गते मंगलबार ०२:५३

स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरी दुइपटक गरि २७ लाख ५ हजार ११ रुपैयाँ र ८ लाख ३४ हजार ३ सय २० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

 पोखरा

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार तत्कालीन अध्यक्ष अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरी दुइपटक गरि २७ लाख ५ हजार ११ रुपैयाँ र ८ लाख ३४ हजार ३ सय २० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

मुद्दा  दर्ता हुनेमा तत्कालीन अध्यक्षसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, तत्कालीन इन्जिनियर नबिन थापा, तत्कालीन सब-इन्जिनियर सूर्यप्रसाद पौडेल, सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्ण प्रसाद काफ्ले, कोषाध्यक्ष हिम कुमारी केसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम,तत्कालीन इन्जिनियर सुदिप आचार्य, तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मङ्गल देवी थापा मगर, सचिव विष्णु कुमारी वि.क. र कोषाध्यक्ष एक नारायण देवकोटा छन् ।

प्रकाशित मिति २०८१ पुस १६ गते मंगलबार ०२:५३
हजुरको प्रतिक्रिया