२०८३ साउन २१ गते बिहीबार

सूर्यदर्शन सहकारी ठगी प्रकरणः पहिलो दिनको थुनछेक बहस सकियो

सूर्यदर्शन सहकारी ठगी प्रकरणः पहिलो दिनको थुनछेक बहस सकियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १६ गते मंगलबार ०४:४८

वि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।

पोखरा ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरुको पहिलो दिनको थुनछेक बहस सकिएको छ ।

मंगलबार दिउँसोबाट जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजलासमा थुनछेक बहस सुरु भएको हो । पहिलो दिन सरकारी वकिल कार्यालय कास्कीका सहायक न्यायाधिवक्ता सुजता पौडेल र शान्तीदेवी शर्माले बहस गरे ।

सुजताको बहस सकिएको र शान्तीदेविको वयान बाकी रहेको सेस्तेदार राजन खनालले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।

प्रकाशित मिति २०८१ पुस १६ गते मंगलबार ०४:४८
हजुरको प्रतिक्रिया