म्याग्दी ।
म्याग्दीको पश्चिम क्षेत्रको लाइफलाइन मानिनेबेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्डमा कालोपत्र गर्ने कामले पछिल्लो समय तिब्रता पाएको छ ।
पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिका सहित पश्चिम बागलुङ र ?कुम जिल्लाका बासिन्दाले समेत प्रयोग गर्ने सडकको म्याद गत मंसिर महिनामा सकिएपनि काम भने ८0 प्रतिशत सकिएको छ ।
गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित पाँच वर्षअघि ठेक्का सम्झौता भएको सडक निर्माणको काम अलपत्र बनेको थियो । २0७८ जेठ महिनामा सकिनुपर्ने सडकका ठेकेदार विभिन्न बाहना देखाउँदै काम छोडेर अलपत्र पारेपछि जनप्रतिनिधी र अगुवाह?ले दवाव दिदै आएका थिए ।
रणवाङ देखि मालिकाको केन्द्र दरबाङ सम्मको ८ किलोमिटर सडक कालोपत्रे गर्न २0७६ जेठ ३१ गते वि?वा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच. २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको थियो । गत वर्ष पाँच करोड बजेट बिनियोजन भएको यो आयोजनालाई यसपाली एक करोड ५० लाख बिनियोजन भएको छ ।
सडकखण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त भएकाले रणवाङ देखि ढाँडखर्क सम्म सडक फराकिलो बनाएर नाली पर्खाल निर्माण गर्ने काम सकिएको छ । मालिकाको केन्द्र दरवाङ बजारभित्र जग्गा बिवाद नभएको बाहेकका ठाउँमा कालोपत्रको तयारी गरिएको पूर्वाधार कार्यालय म्याग्दीले जनाएको छ ।
पश्चिम मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दुरिको यो सडक वि.स. २०६३ मा मार्ग खुलेको थियो । यो सडक बागलुङको तमानखोला, ?कुम जिल्लाका बासिन्दाले समेत प्रयोग गर्ने गर्दछन् ।
प्रकाशित मिति २०८१ पुस १७ गते बुधबार ०७:०२




