पोखरा
पोखरा महानगरपालिका वडा नं ३२ मजुुवा स्थित कालिका आधारभुुत विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको छात्रबृत्ति अक्षयकोष स्थापना भएको छ । विद्यालयमा आज आयोजित एक समारोहका बीच पोखरा महानगरपालिका वडा नं १६ तल्लो दीप जोगिमणि मार्ग निवासी धनबहादुर थापाले अक्षयकोष रकम हस्तान्तरण गरे।
उक्त रकमको व्याजबाट वार्षिक रुपमा विद्यालयमा वर्ष उत्कृष्ट विद्यार्थीका साथै विद्यालयमा विशिष्ट योगदान गर्ने सामाजिक व्यक्तित्वाई पुरस्कृत तथा सम्मानित गरिने कार्यक्रममा जानकारी गराइयो ।
सहयोग हस्तान्त्रण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुुमार प्रधान, विद्यालयका प्रधानाध्यापक द्रोणराज सुवेदी, पूर्व प्रधानाध्यापक विष्णुुबहादुर बस्नेत लगायतको उपस्थिति थियो ।
अक्षयकोष सहयोगी दाता थापाले यस अघि पनि विभिन्न संघ संस्थामा सहयोग गर्दै आउनुुभएको छ । उहाँ शिक्षासेवीसँगै सफल व्यवसायीका रुपमा रहेका थिए ।
प्रकाशित मिति २०८१ पुस १८ गते बिहीबार ११:३१