२०८३ साउन २१ गते बिहीबार

गोरखकाली मन्दिर दानपेटिकामा १ लाख ८२ हजार ५२ रुपैयाँ भेटी संकलन

गोरखकाली मन्दिर दानपेटिकामा १ लाख ८२ हजार ५२ रुपैयाँ भेटी संकलन

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ पुस १९ गते शुक्रबार ०३:५६

साउन देखि अशोज १० गते अबधिमा १ लाख ७८ हजार ७७० रुपैयाँ भेटी संकलन भएको थियो ।

गाेरखा ।

गोरखकाली मन्दिर परिसरमा राखिएको दानपेटिका खोलिएको छ ।

त्यहाँ रहेका दुई वटा दानपेटिकामा हालसम्म १ लाख ८२ हजार ५२ रुपैयाँ भेटी संकलन भएको गोरखा दरबार हेरचाह अयाका प्रमुख बिष्णु पाठकले जानकारी दिए । ‘हामीले जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, नेपाली सेना, नेपाल प्रहरीका प्रतिनिधि र दरबारका कर्मचारीको उपस्थितीमा दानपेटिका खोल्ने काम गरेयौं,’ उनले भने, ‘अशोज ११ गते देखि पुसको १८ गते सम्म कुल १ लाख ८२ हजार ५२ रुपैयाँ संकलन भएको रहेछ ।’ यस अघि गत असोज १० गते उक्त दानपेटिका खोलिएको थियो ।

साउन देखि अशोज १० गते अबधिमा १ लाख ७८ हजार ७७० रुपैयाँ भेटी संकलन भएको थियो । ‘हामीले भक्तजनहरुले चढाएको भेटी संकलन गरेर बैँक खातामा जम्मा गर्ने गरेका छौं,’ उनले भने, ‘अहिले बैकमा ९ लाख ७४ हजार ३५२ रुपैयाँ मौज्जात छ ।’ उक्त रकम पूजा व्यवस्था तथा प्रबन्ध शाखाका शारदाप्रसाद भट्टराई, भित्रिया शुसारे लालबहादुर खनखवासको नाममा रहेको बैँक खातामा जम्मा गरिएको उनले बताए ।

‘यो रकम खर्च गर्ने कार्यबिधि नभएको कारण अहिलेसम्म खर्च गरेका छैनौं,’ उनले भने, ‘तर गोरखा दरबारको पूजाका लागि नेपाल सरकारले छुट्याएको रकम अपुग हुँदा आवश्यकताको आधारमा आपसी समझदारीमा केही रकम खर्च भएको छं ।’ यसरी संकलन भएको भेटी के कस्तो ठाउँमा खर्च गर्ने, कसरी खर्च गर्ने भन्ने विषयमा पुरातत्व बिभागले कार्यबिधि बनाउने काम गरिरहेको उनले बताए । त्यसपछि मात्र संकलित रकम खर्च गर्न सहज हुने सरोकारवालाहरु बताउँछन ।

‘त्यसपछि समिति पनि निर्माण हुन्छ र सोही अनुसार समितिले खर्च गर्ने गर्छ,’ उनले भने,‘अहिले त हामीले संकलन भएको रकमको संरक्षण मात्र गर्ने काम गरेका हौं ।’ गोरखा दरबार ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय स्थल हो । यहाँ दैनिक रुपमा भक्तजन तथा पर्यटकहरु दर्शन गर्न, घुम्न र इतिहास बुझ्न आउने गर्छन् । उनीहरुले दानपेटिकामा खसालेको रकम यहाँका मठमन्दिरमा पूजाआजा र आवश्यक व्यवस्थापन खर्च गर्न सके थप व्यवस्थित बनाउन सकिने सरोकारवालाहरुको भनाई छ ।

प्रकाशित मिति २०८१ पुस १९ गते शुक्रबार ०३:५६
हजुरको प्रतिक्रिया