२०८३ साउन २१ गते बिहीबार

रवि लामिछाने पक्षतर्फबाट पूर्व महान्याधिवक्ता श्रेष्ठसहित ३ अधिवक्ताले गरे बहस

रवि लामिछाने पक्षतर्फबाट पूर्व महान्याधिवक्ता श्रेष्ठसहित ३ अधिवक्ताले गरे बहस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २२ गते सोमबार ०५:५१

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो ।

पोखरा ।

सूर्यदर्शन सहकारी ठगी मुद्दाको थुनछेक बहसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको तर्फबाट ३ कानुन व्यवसायीले बहस गरेका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा पूर्व महान्याधिवक्ता रमन श्रेष्ठसहित ३ जनाले बहस गरेका हुन् । श्रेष्ठसहित वरिष्ठ अधिवक्ता सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले जानकारी दिए । रविको तर्फबाट बहस गर्न १७ अधिवक्ताले नाम टिपाएका छन् । भोलि पुनः निरन्तर हुने खनालले बताए ।

रवितर्फबाट बहस गरेका अधिवक्ताले सहकारीसँग रविको कुनै सम्बन्ध नरहेको दाबी गरेका थिए । उनीहरुले सहकारीमा रवि सदस्य पनि नरहेको र उनलाई यसमा जोड्न नहुने तर्क थियो ।

यसअघि पूर्वडिआईजी छविलाल जोशी र लिला पछाईका तर्फबाट अधिवक्ताले बहस गरेका थिए । रविका तर्फका अधिवक्ताको बहसपछि आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङका अधिवक्ता बहस हुनेछ । त्यसपछि सरकारी वकिल कार्यालयले जवाफी बहस गर्नेछ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

 

प्रकाशित मिति २०८१ पुस २२ गते सोमबार ०५:५१
हजुरको प्रतिक्रिया