२०८३ साउन २१ गते बिहीबार

गोरखामा हाडनाता करणी गरेको आरोपमा एक जना पक्राउ

गोरखामा हाडनाता करणी गरेको आरोपमा एक जना पक्राउ

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ पुस २२ गते सोमबार ०६:३२

हाडनाता करणी कसुरमा गोरखा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

गोरखा ।

गोरखामा हाडनाता करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

छोरी नाता पर्ने १५ वर्षीया बालिकालाई बिगत दुई महिना देखि पटक–पटक डर धम्की दिइ हाडनाता करणी गरेको आरोपमा ३६ वर्षीय नाम परिवर्तित “०८१÷०८२ ज कुमार“ पुरुषलाई आइतबार पक्राउ गरेको हो ।

जबरजस्ती करणी गरेको भन्दै पीडित (नाम परिवर्तित “०८१÷०८२ ञ कुमारी“) मार्फत जाहेरीको आधारमा पुष २१ गते आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

उनीविरुद्ध हाडनाता करणी कसुरमा गोरखा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ पुस २२ गते सोमबार ०६:३२
हजुरको प्रतिक्रिया