पोखरा ।
आगामी पुष २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । महोत्सव आयोजक युनाईटेड क्लव पोखराले मंगलबार महोत्सव स्थल अमरसिंह चौरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षण संगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको युनाईटेड क्लबले १३ औं संस्करणको पोखरा महोत्सवदेखि युनाईटेड छात्राबास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै युनाईटेड क्लबका महासचिव तथा प्रचार प्रसार संयोजक दिनेश सुनारले १३ औं संस्करणको महोत्सवको पूर्व सन्ध्यामा युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा रहेको आफ्नै जग्गामा युनाईटेड छात्राबासको सिलान्यास समेत सम्पन्न भइसकेकाले १३ औं संस्करणको पोखरा महोत्सव पश्चात छात्राबासको कामको शु?वात हुने बताए ।
पोखरा महोत्सवकै आम्दानीबाट १३ औं पोखरा महोत्सव सम्म आइपुग्दा पोखरा र आसपासमा रहेका १९ वटा सामुदायिक विद्यालयह?मा छात्रवृत्र् िअक्षयकोष स्थापना गरिसकेको र स्वास्थ्यको क्षेत्रमा विभिन्न दुर दराजका ग्रामीण भेगमा रहेकाहरुलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको युनाईटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाले बताए ।
त्यसैगरी क्लबले खेलकुदको क्षेत्रमा आफै खेलकुदका प्रतियोगिता संगै खेलकुदका कार्यक्रममा प्रायोजन संगै सहयोगी संस्थाको रुपमा काम गर्दै आइरहेको बताउदै अध्यक्ष थापाले महोत्सवकै आयोजना गरी युनाईटेड क्लबले हाल सम्म पर्यटन प्रवद्र्धन तर्फ पोखरामा खुल्ला चिडियाखाना निर्माणमा ५८ लाख ८५ हजार हस्तान्तरण गरिसकेको र हाल उक्त परियोजना गण्डकी प्रदेश सरकार अन्तर्गत जिल्ला डिभिजन बन कार्यालयले स्वामित्व लिएर प्रदेश सरकारकै गौरवको आयोजना अन्तर्गत काम भइरहेको बताए । पोखरा महोत्सवको आयोजना गरी सेती नदी संरक्षणको क्षेत्रमा समेत काम गर्दै आइरहेको र यस वर्ष पनि महोत्सवको प्रत्येक टिकटबाट एक ?पैयाँ सेती नदी संरक्षणको लागि छुट्याउने कार्यलाई निरन्ता दिएको छ ।
१३ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर, प्रायोजकह?मा बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालि, युएनआई एक्सपर्ट एलइडी लाइटिङ, स्टार सीड टेक्नोलोजीस, विवश इलेक्ट्रीकल प्रालि, साकुरा डिजाइनर्स एण्ड बिल्डर्स प्रालि, रारा तयारी चाउचाउ, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, ओमडा जेको, भिजन लिंक कन्सल्टेन्सी प्रालि रहेका छन ।
महोत्सवको फुड पार्टनरमा पोखरा सेकुवा घर, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल प्रालि, पेमेन्ट पार्टनरमा रेबल, एयरलायन्स पार्टनरमा यती एयरलायन्स, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, अफिसियल इन्टरनेट वल्र्डलिंक, अफिसियल इन्स्योरेन्स नेपाल इन्स्योरेन्स, अफिसियल ड्रिंककिंग वाटर सोल्टी, विशेष सहयोगी संस्था पोखरा महानगरपालिका, सहयोगी संस्थाह?मा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, अमरसिंह महिला समुह र नेपाल टेलिकम रहेका छन । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड रहेको छ । महोत्सवको मिडिया पार्टनरमा एबीसी न्युज टेलिभिजन, फेवा टेलिभिजन र अन्नपूर्ण एफएम ९३.४ मेघाहर्ज रहेका छन ।
महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन । महोत्सवमा सामान खरिद गर्ने उपभोक्ता मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १.५ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई बेटर मोनाको प्रो २५ प्लस बेटर ब्रीथ () प्रो चिम्नी र तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर युरो थ्री बिल्ट इन हव प्राप्त गर्न सक्नेछन । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिनेछ ।
त्यसैगरी महोत्सवको सह प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबलकार चढ्न जाने कुनैपनि ब्याक्तिलाई २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभ इन रेष्टुरेन्टमा १५ प्रतिशत, स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट पाउनेछन । महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीह? मध्येबाट गोलाप्रथाको माध्यामबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर संगै महोत्सव अवधिभर भाषा कक्षामा ४० प्रतिशत सम्म छुट प्रदान गर्नेछ ।
त्यसैगरी महोत्सवमा आयोजना गरिने विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगितामा सहयोगी संस्था गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने छ । महोत्सव अवधिभर महोत्सव स्थलमा राखिने नेपाल टेलिकमको स्टलबाट दर्शकले नागरिकताको फोटोकपी र दुई प्रति पासपोर्ट साइजको फोटो साथमा ल्याएको खण्डमा नेपाल टेलिकमले निशुल्क सिम उपलब्ध गराउने छ ।
फुड पार्टनमार रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवमा मेडिकल पार्टनरको ?पमा रहेको आस्था किड्नी एण्ड स्पेसलाइज्ड हस्पिटलबाट सिबिसी, आरएफटी, एलएफटी, आर एसबी युरिन, इसिजी, युएसजी, एक्सरे र फिजिसियन कन्सल्टमा प्रत्येक दिन एकजनालाई निशुल्क र एकजनालाई ५० प्रतिशत स्वास्थ्य परिक्षणमा छुट लिन सक्नेछन ।
महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद ५० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्नेछन ।
महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाक सहित) ह?लाइ निशुलक प्रवेश गराइने छ । १२ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टल बुकिङ भइसकेका छन । महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुको बजार सहजीकरण गराउने, सवै कलाकारह?को प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलह?को जानकारी, सामाजिक संस्थाको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधी सञ्चालन हुनेछन ।
महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ राजु परियार, बद्री पंगेनी, ज्योती मगर, रचना रिमाल, श्याम राना, शान्तिश्री परियार, प्रकाश दुतराज, सम्झना लामिछाने मगर, शान्तारानी परियार, अस्मिता अधिकारी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, लगायत स्थानिय कलाकारह?को प्रस्तुती रहनेछभने कन्सर्ट तर्फ जेम्सी, भिटेन, टुकी, उर्गेन, दि फिरन्ते, लाहुरे एण्ड ब्याड कम्पनी, रक हेड्स, पूर्ण राई एण्ड दाजुभाइह?, सुगम पोखरेल एण्ड बाजागाजा, कबवेव र लोकल ब्याण्डह?को प्रस्तुती रहने छ । त्यसैगरी हांस्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमह? रहनेछन । त्यसैगरी थप आकर्षणमा टिकटक प्रतियोगिता र विभिन्न मनोरन्जनका कार्यक्रमह? हुनेछन । १३ औं महोत्सवको थप आकर्षण र ब्यवशायीक जानकारीको लागि अष्ट्रिच पंक्षीको प्रदर्शनी र जानकारी दिइने छ । पत्रकार सम्मेलनमा युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य लगायतले पत्रकार सम्मेलनमा सहजीकरण गरेका थिए
प्रकाशित मिति २०८१ पुस २३ गते मंगलबार ०६:४७




