२०८३ साउन २१ गते बिहीबार

लमजुङमा नवीकरण नभएका ११४ थान हतियार बरामद

लमजुङमा नवीकरण नभएका ११४ थान हतियार बरामद

बिराट न्यौपाने

@Public 4K Tv

२०८१ पुस २४ गते बुधबार ०५:३५

प्रहरी नायव उपरीक्षक श्रीवास्तवका अनुसार पछिल्लो ३ महिनाको अवधिमा २२ बोर हर्नेट, १२ बोर दुई नाले र एकनाले वृज लोडिङ राइफल बन्दुक बरामद गरिएको छ ।

लमजुङ ।

लमजुङ प्रहरीले लामो समयदेखि नबिकरण नगरेका ११४ थान हतियार बरामद गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले पटक पटक सुचना जारी गरि हातहतियार नविकरण गर्न अनुरोध गरेको थियो । तर पटक पटकको सुचनालाई पनि बेवास्ता गरी नवीकरण नगरिएका ११४ थान हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । सबैभन्दा धेरै १०७ थान भरुवा बन्दुक बरामद गरिएको लमजुङ प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक श्रीवास्तवका अनुसार पछिल्लो ३ महिनाको अवधिमा २२ बोर हर्नेट, १२ बोर दुई नाले र एकनाले वृज लोडिङ राइफल बन्दुक बरामद गरिएको छ । अवैध रूपमा हतियार राखेको भेटेपछि दुई जनालाई प्रहरीले मुद्दा समेत चलाएको छ ।

द्वन्दमालमा जिल्लामा ४ सय ७० थान हतियार बुझाईएको र रेकर्ड जिल्ला प्रशासन कार्यालयबाट हटाइएको थियो । अहिले ती हतियार रुजु गरेर लगत राख्ने काम भएको छ ।

बरामद गर्नुपर्ने ७६४ थान हतियारको विवरण नै तयार गरेर प्रहरीले ३ महिनासम्म हतियार सङ्कलन गर्ने अभियान चलाएको थियो ।

प्रकाशित मिति २०८१ पुस २४ गते बुधबार ०५:३५
हजुरको प्रतिक्रिया