२०८३ साउन २१ गते बिहीबार

जाहेरवालातर्फका वकिलको जवाफी बहस सकियो, भोलि आदेश आउने सम्भावना

जाहेरवालातर्फका वकिलको जवाफी बहस सकियो, भोलि आदेश आउने सम्भावना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २४ गते बुधबार ०५:५०

जाहेरवाला तर्फका वकिल रमन कर्ण, राम घिमिरे र वेदबहादुर विष्टेले पनि बहस गरे ।

पोखरा ।

पोखरा सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेकाहरुमाथिको बहस अन्तिम चरणमा पुगेको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान सकिएको हो ।

आज आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङका वकिलले बहस गरे । जाहेरवाला तर्फका वकिल रमन कर्ण, राम घिमिरे र वेदबहादुर विष्टेले पनि बहस गरे ।

अब भोलि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । भोलि नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

प्रकाशित मिति २०८१ पुस २४ गते बुधबार ०५:५०
हजुरको प्रतिक्रिया