पोखरा ।
एकिकृत यातायत मजदुर संगठन नेपाल, गण्डकीले मजदुरको नाममा राइडर्स युनियन नेपाल’ स्थापना गरिएकोमा आपत्ती जनाएको छ ।
राइड सेयरिङ कम्पनीका सवारीबाट यात्रु बोक्नु गैरकानुनी काम भएको भन्दै संगठनले आपत्ती जनाएको हो । सत्तामा रहेका दल समर्थीत मजदुर युनियनले अवैधानिक एप्स सञ्चालन गर्ने राइडर्सको पक्षमा युनियन बनाउन भूमिका खेलेको संगठनको आरोप छ । बुधबार पोखरामा पात्रकार सम्मेलन गदै संगठनले सत्ताधारी मजदुर नेताले निजी दुइ पाङ्ग्रे र चारपाङग्रे सवारी साधनको हितमा राइडर्स युनियन नेपालको कमिट बनाउन अग्रसर भएको भन्दै त्यसको भण्डाफोर गर्ने बताएको छ ।
सार्वजनिक यातायातमा काम गर्ने मजदुरबाट शुल्क उठाई सत्ताधारी मजदुर नेताले तलब भत्ता समेत खाने गरेको र अर्को तर्फ राइड सेयरिङको पक्षमा काम गरेको एकिकृत यातायात मजदुर संगठन गण्डकीका अध्यक्ष तिलक बहादुर विश्वकर्माले बताए ।
विश्वकर्माले सार्वजनिक यातायता सुव्यवस्थित र मर्यादित बनाउदै लगानी संरक्षण गरिनुपर्ने बताए । निजी सवारी साधानले यात्रु बोक्न पाउनुपर्छ भन्ने र त्यसैलाई औपचारीकता दिने गरी काम गर्नु सार्वजनिक यातायात तहसनहस बनाउने उदेश्यले संगठित रुपमा लागिएको संगठनको निष्कर्ष छ ।
सर्वोच्च अदालतले समेत कानुन बनाई राईड सेयरिङलदाई व्यवस्थित गर्नु भनेको अवस्थामा अवैधानिक रुपमा संचालन भएका रातो नम्बर प्लेटका सवारीलाई यात्रु बोक्न दिनु गलत भएको भन्दै संगठनले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
प्रकाशित मिति २०८१ पुस २४ गते बुधबार ०७:३०




