२०८३ साउन २१ गते बिहीबार

दशौं सुन्दरबजार महोत्सव आयोजना हुँदै

दशौं सुन्दरबजार महोत्सव आयोजना हुँदै

बिराट न्यौपाने

@Public 4K Tv

२०८१ पुस २५ गते बिहीबार ०६:५६

शैक्षिक उन्नयनका लागि विद्यालय तथा क्याम्पससँग सहकार्य गर्ने, संस्थाको सामाजिक दायित्व अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्ने लक्ष्य लिइएको पत्रकार सम्मेलनको क्रममा जानकारी दिइएको थियो ।

लमजुङ ।

आगामी माघ ११ गतेदेखि दशौं सुन्दरबजार महोत्सवको आयोजना हुने भएको छ ।

लमजुङ उद्योग बाणिज्य संघ, सुन्दरबजार इकाईले विहिबार पत्रकार सम्मेलन गरी महोत्सव आयोजना हुने जानकारी गराएको हो ।

स्थानिय उद्योग व्यापार कृषि पर्यटन शिक्षा र स्वास्थ्यको आधार सांस्कृतिक एकता सहितको समृद्ध सुन्दरबजार भन्ने नाराका साथ माघ ११ गते देखि २१ गतेसम्म संचालन हुने महोत्सव लमजुङ उद्योग बाणिज्य संघ सुन्दरबजार इकाई समितिले आयोजना गर्न लागेको हो । उद्योग व्यापार, बाणिज्यको प्रबर्धनका साथै कृषि, स्थानीय कला र संस्कृतिको प्रबर्धन गर्ने उद्धेश्य राखेर महोत्सव आयोजना गर्न लागिएको आयोजक लउबासंघ सुन्दरबजारका अध्यक्ष आनन्दराज श्रेष्ठले जानकारी दिए ।

सांस्कृतिक एकता सहितको समृद्ध सुन्दरबजारको उद्धेश्यमा सघाउनको लागि महोत्सवले सहयोग गर्ने विश्वास आयोजकले लिएको छ । स्थानीय पर्यटकीय स्थलको प्रबर्धन गर्ने, स्थानीय कला, सीप, संस्कृतिको प्रबर्धन गर्ने, कृषि तथा पशु उत्पादन क्षेत्रको प्रबर्धन गर्ने, शैक्षिक उन्नयनका लागि विद्यालय तथा क्याम्पससँग सहकार्य गर्ने, संस्थाको सामाजिक दायित्व अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्ने लक्ष्य लिइएको पत्रकार सम्मेलनको क्रममा जानकारी दिइएको थियो ।

महोत्सवमा यस क्षेत्रमा पाइने स्थानीय उत्पादनबाट बन्ने खानाका परिकारहरु पस्कन खाना महोत्सवको कार्यक्रम, होमस्टे प्रबर्धन, पालिका भित्रका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरु अवलोकन, आर्थिक, उद्योग र बाणिज्यको विकास, संस्कृति संरक्षण लगायतका कार्यक्रम महोत्सवमा समेटिने आयोजकले जनाएको छ । महोत्सव अवधिभर २ करोड रुपैयाँको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।

प्रकाशित मिति २०८१ पुस २५ गते बिहीबार ०६:५६
हजुरको प्रतिक्रिया