२०८३ साउन २१ गते बिहीबार

रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित

रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २८ गते आइतबार ०९:५५

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने बिहीबार मात्र कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

लामिछाने बिहान कार्यलय खुल्नेबित्तिकै अदालतमा आफैँ उपस्थित हुने बताएका थिए । काठमाडौँ जिल्ला अदालतमा लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा दर्ता भएको छ ।

लामिछानेसहितका आरोपीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पुनः कास्कीकै जसरी बहस प्रारम्भ हुनेछ ।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ । ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने बिहीबार मात्र कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका लामिछाने शुक्रबार सडकमार्ग हुँदै काठमाडौं आइपुगेका थिए ।

प्रकाशित मिति २०८१ पुस २८ गते आइतबार ०९:५५
हजुरको प्रतिक्रिया