२०८३ साउन २१ गते बिहीबार

मादी गाउँपालिका–१, सिक्लेसमा माघे संक्रान्ति मेला हुँदै

मादी गाउँपालिका–१, सिक्लेसमा माघे संक्रान्ति मेला हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २८ गते आइतबार ०३:३१

गुरुङ भाषा गीतमा सामुहित नृत्यमा विजेतालाई ६० हजार, उपविजेतालाई ४५ हजार र तृतिय हुनेलाई ३० हजार प्रदान गरिने क्लबका अध्यक्ष भोलामानले जानकारी दिए ।

पोखरा ।

मादी गाउँपालिका–१, सिक्लेसमा माघे संक्रान्ति मेला हुने भएको छ ।

सिक्लेस युवा क्लबको ३०औं वार्षिकोत्सवको अवसरमा आउँदो माघ १ देखि ४ गतेसम्म माघे सक्रान्ती मेला हुन लागेको हो । मेलामा खुला पुरुष तथा भलिबल, बास्केटबल, ठेलो, गुरुङ गीतमा सामुहिक नृत्य प्रतियोगिता लगायत लोपोन्मुख स्थानीय खेलकुद प्रतियोगिता तथा विविधि साँस्कृतिक कायृक्रम हुने क्लबका अध्यक्ष भोलामान गुरुङले जानकारी दिए । क्लबले स्थानीय कालदेखि नै माघे संक्रान्ती मेला गर्दै आएको छ ।

भलिबलको पुरुषतर्फ विजेतालाई एक लाख र उपविजेतालाई ७० हजार र महिलातर्फ विजेतालाई ३० हजार र उपविजेतालाई २० हजार प्रदान गरिने आयोजकले जनाएको छ । खुला पुरुष बास्केटबलतर्फ विजेताले एक लाख र उपविजेताले ७० हजार प्राप्त गर्नेछन् ।

गुरुङ भाषा गीतमा सामुहित नृत्यमा विजेतालाई ६० हजार, उपविजेतालाई ४५ हजार र तृतिय हुनेलाई ३० हजार प्रदान गरिने क्लबका अध्यक्ष भोलामानले जानकारी दिए । उत्कृष्ट भेषभुषालाई र उत्कृष्ट नृत्य निर्देशकलाई पनि ५–५ हजारको व्यवस्था गरिएको उनको भनाइ छ ।

ठेलो फाल्ने प्रतियोगितातर्फ विजेतालाई ४५ हजार र उपविजेतालाई ४० हजारसहित ट्रफि र प्रमाणपत्र पाउने छन् । यसको साथै स्थानीय स्तरका खेल तथा विविध सांस्कृतिक कार्यक्रमहरु सञ्चालन हुनेछ ।

आन्तरिक एवं बाह्य पर्यटन प्रर्वद्धनात्मक कार्यक्रमलाई सहयोग पु्¥याउने उद्देश्यले मेलाको आयोजना गरिएको मादी गाउँपालिका–१ सिक्लेसका वडाध्यक्ष देविजंग गुरुङले जानकारी दिए । मेलाबाट नेपालकै कम उचाईमा रहेको दाबी गरिएको क्हफुचे हिमताल, कोरी लेक साथै स्थानीय पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा टेवा पुग्ने गुरुङको विश्वास छ ।

प्रकाशित मिति २०८१ पुस २८ गते आइतबार ०३:३१

हजुरको प्रतिक्रिया