२०८३ साउन २१ गते बिहीबार

सुल्झदै इमेज सहकारीको समस्या ः साना बचतकर्तालाई नगद र ठूलालाई जग्गा दिने सहमति

सुल्झदै इमेज सहकारीको समस्या ः साना बचतकर्तालाई नगद र ठूलालाई जग्गा दिने सहमति

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ पुस २९ गते सोमबार ०५:४०

सहमतिअनुसार मिलापत्र सकिएमा देब कुमार नेपाली जेलबाट छुट्नेछन् भने बचतकर्ताको रकम फिर्ता गर्न सहयोग गर्ने अपेक्षा राखिएको छ ।

बागलुङ ।

बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि बागलुङ जिल्ला कारागारमा रहेका देव कुमार नेपाली र बचतकर्ताबीच मिलापत्रको कार्य शुरु भएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले एक वर्षभित्र बचत रकम तथा जग्गा फिर्ता गर्ने शर्तमा मिलापत्र थालिएको हो ।

मिलापत्र सकिएपछि जेलबाट नेपाली छुट्ने छन् भने सहमतिअनुसार एक वर्षभित्र साना बचतकर्तालाई नगद र ठूला बचतकर्तालाई कम्पनीमार्फत जग्गा उपलब्ध गराउने छन् । बचतकर्ताको रकम फिर्ता गर्ने लिखित सहमतिपछि अदालतमा मिलापत्रको काम थालिएको र अहिलेसम्म ५४७ जना पीडित र नेपाली बीच मिलापत्र भइसकेको इमेज बचत पीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले जानकारी दिए ।

बागलुङ र पोखरामा कार्यालय स्थापना गरी सञ्चालन गरिएको इमेज बचत तथा खोलेर सहकारी चलाएका देवकुमार नेपालीले पीडित बचतकर्ताको रकम फिर्ता गर्ने सहमति जनाएका छन् । पहिलो चरणमा ढोरपाटन र गलकोट शाखाका बचतकर्ताको रकम फिर्ता गर्नेगरी मिलापत्र ५४७ जनाको २३ करोड बचत बराबरको मिलापत्र सकिएको र दोस्रो चरणमा एक हजार १०० बचतकर्ताको एक अर्ब १५ करोड बचत रकमको सहमति गरिने कार्कीले बताए ।

सहमतिअनुसार मिलापत्र सकिएमा देब कुमार नेपाली जेलबाट छुट्नेछन् भने बचतकर्ताको रकम फिर्ता गर्न सहयोग गर्ने अपेक्षा राखिएको छ । अन्यत्र चेकको मुद्दा नेपालीलाई लगाउन सकिनेछ । बागलुङ कारागारमा रहेका नेपालीसँग गलकोट संयोजक मञ्जु चालिसे र बुर्तिबाङ संयोजक यामबहादुर कुवँरबीच मिलापत्रमा हस्ताक्षर भएको कानुन व्यवसायी राम शर्माले जानकारी दिए ।

उनकाअनुसार दुवै पक्ष सहमत भएपछि अदालतमा मिलापत्र गरिएको हो । १ लाखभन्दा साना बचतकर्ताले नगद फिर्ता पाउने र त्यसमाथिका बचतकर्तालाई जग्गा व्यवस्थापन गर्ने सहमति भएको शर्माले बताए ।

सहकारीको करिव २ अर्ब हिनामिना गरेको प्रतिवेदन प्रहरीले तयार गरेको छ । बागलुङको सहकारीबाट १ अर्ब ३८ करोड र पोखरामा ६५ करोड रकम हिनामिना भएको भन्दै प्रहरीकहाँ उजुरी परेको थियो । सहकारीको रकम अपचलन गरेको दाबी सहित देवकुमारसहित ११ जना विरुद्ध बागलुङ अदालतमा मुद्दा दायर गरेको थियो १ हजार ५४३ जनाको उजुरीको आधारमा अनुसन्धान गरिएको हो । यहाँ ५ सय २४ जना बचतकर्ताले नेपालीविरुद्ध उजुरी दिएका छन् ।

प्रकाशित मिति २०८१ पुस २९ गते सोमबार ०५:४०
हजुरको प्रतिक्रिया