२०८३ साउन २१ गते बिहीबार

जिबी राईको राहदानी रद्द गर्न कास्की अदालतको अनुमति

जिबी राईको राहदानी रद्द गर्न कास्की अदालतको अनुमति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ४ गते शुक्रबार ०७:१०

जिबीविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा विचाराधिन छ ।

पोखरा ।

सहकारी ठगी मुद्दामा फरार रहेका गिजेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

कास्की अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जिबीको राहदानी रद्द गर्न आदेश दिएको हो । राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

जिबीविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा विचाराधिन छ ।

मुद्दा प्रक्रियामा उनी सहभागी भइराखेका छैनन् । विदेशमा रहेको भन्ने जानकारीका आधारमा राहदानी रद्द गरी लिन सकिन्छ भन्ने उद्देश्यले अदालतले राहदानी रद्द गर्न अनुमति दिएको स्रेस्तेदार खनालले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत् जिबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो ।

प्रकाशित मिति २०८१ माघ ४ गते शुक्रबार ०७:१०
हजुरको प्रतिक्रिया