गोरखा ।
गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका–४ गैरागाउँमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७० वर्षीय खुन्ते सार्की रहेका छन् । उनी आफ्नै बारीमा हलो बनाउनका लागि चिलाउनेको रुख काट्न गएका थिए।
तर, अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो ।
खोजी गर्ने क्रममा साँझ करिब ७ बजे सोही स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
अनुसन्धानका क्रममा उनले काटेको रुखको हाँगा बिजुलीको नाङ्गो तारमा छोइएको र सोही कारण करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता इन्द्र प्रसाद सुवेदीले जानाकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०४:५५