गोरखा ।
गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राक निवासी ४३ वर्षीया गीता पोख्रेलले गोरखा–१० छेवेटारमा सञ्चालन गरिरहेको खाजाघरमा अचानक आगलागी हुँदा पूर्णरुपमा क्षति भएको छ ।
आज (शुक्रबार) दिउँसो करिब २ः५० बजे उक्त खाजाघरमा आगलागी भएको सूचना पाएपछि अस्थायी प्रहरी पोष्ट छेवेटारबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आए पनि पसल पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदी जानकारी दिए ।
आगलागीको कारण खुलेको छैन भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०५:०१