२०८३ साउन २१ गते बिहीबार

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २४ गते बिहीबार ०५:४८

हिरासतमा बसेका थिए ।

सहारा चितवन सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा लामिछानेसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

पोखरा ।

जिल्ला अदालत चितवनले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने हिजो अदालतमा उपस्थित भएका थिए । हिजो थुनछेकको बहस नसकिएपछि रवि प्रहरी हिरासतमा बसेका थिए ।

सहारा चितवन सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा लामिछानेसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

सहारा सहकारी ठगीमा अभियुक्तको सङ्ख्या ३२ जना पुगेको छ ।

रवि लामिछाने यसअघि कास्कीबाट ६५ लाख, काठमाण्डौबाट ६० लाख र सुप्रिम सहकारी ठगीमा रुपन्देही अदालतबाट १ करोड रुपैयाँ धरौटीमा छुटेका थिए ।

प्रकाशित मिति २०८१ माघ २४ गते बिहीबार ०५:४८
हजुरको प्रतिक्रिया