२०८३ साउन २१ गते बिहीबार

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २६ गते शनिबार ०१:२८

काठमाडौं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाएका छन् । शनिवार पार्टीको काठमाडौंमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई...

काठमाडौं
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाएका छन् । शनिवार पार्टीको काठमाडौंमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै त्यसको बिरोध पनि गरेका हुन् ।

उनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पद चाहिएकाले दुई कम्युनिष्ट पार्टीहरु मिलेर बनएको सरकार ढालेर काँग्रेससँग मिलेर सरकार बनाएको बताए । प्रधानमन्त्री पद चाहिएको भए आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्षसँग बार्गेनिङ गरेको अवस्थामा पाउने स्थिति रहेको नेपालले उल्लेख गरे । प्रधानमन्त्री ओलीलाई दुनियाँ ठग्नको लागि प्रधानमन्त्री बनेको टिप्पणी गरे ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओली देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नेकुरामा केन्द्रित भएको आरोप लगाए । उनले नेपालमा दुई वटा ठूला पार्टीको मात्रै उपस्थिति हुनुपर्ने कुरामा सरकार केन्द्रित भएको र त्यसको प्रतिरोध गर्न आफूहरु तयार रहेको बताए ।

प्रकाशित मिति २०८१ माघ २६ गते शनिबार ०१:२८
हजुरको प्रतिक्रिया