२०८३ साउन २१ गते बिहीबार

कार्यसम्पादन स्वमूल्यांकनमा पोखरा महानगर देशमै उत्कृष्ट

कार्यसम्पादन स्वमूल्यांकनमा पोखरा महानगर देशमै उत्कृष्ट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २ गते शुक्रबार ०५:५४

९३.५ प्रतिशत अंकसहित पोखरा पहिलो स्थानमा रहँदा काठमाडौं महानगरपालिका ८२.७५ प्रतिशत अंक सहित दोस्रो स्थानमा छ ।

पोखरा ।

पोखरा महानगरपालिका देशभरका महानगरपालिकाहरुको कार्यसम्पादन मूल्यांकन (लिजा)मा उत्कृष्ट बन्न सफल भएको छ ।

देशभरका महानगरपालिकाहरुको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा पोखरा उत्कृष्ट बन्न सफल भएको हो ।

९३.५ प्रतिशत अंकसहित पोखरा पहिलो स्थानमा रहँदा काठमाडौं महानगरपालिका ८२.७५ प्रतिशत अंक सहित दोस्रो स्थानमा छ ।

महानगर कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत तथा सम्पूर्ण कर्मचारीको प्रयासले सफलता हासिल भएको मेयर धनराज आचार्यले बताए । उनले कर्मचारी, नागरिक तथा सरोकारवालालाई धन्यवाद व्यक्त गरेका छन् ।

कार्यसम्पादन मूल्यांकनमा महानगरपालिकाको सेवा प्रवाह, पारदर्शिता, दिगोपन कार्यहरुका आधारमा मूल्यांकन गरिएको थियो ।

प्रकाशित मिति २०८१ फागुन २ गते शुक्रबार ०५:५४
हजुरको प्रतिक्रिया