पाेखरा म्याराथन, पाेखरा भ्रमण वर्ष घाेषणा र पाेखरा गाेल्डकपकाे फाइनल हुँदै
पाेखरा । यसाे त दैनिकजसाे केहि न केहि गतिविधि भइरहने शहर हाे पाेखरा । तर, फागुन ३ गते सनिबार पाेखरामा महत्वपूर्ण ३ वटा कार्यक्रमहरू सम्पन्न हुँदैछन् ।
सवैभन्दा पहिला सनिबार एकाबिहानै पाेखरामा स्वदेशी तथा विदेशी गरि ३ हजारभन्दा धेरै धावकहरू पाेखरा म्याराथनमा दाैडनेछन् । पाेखरा म्याराथन पाेखरा र देशकै काे प्रतिष्ठित खेलकुद प्रतियाेगिता हाे ।
पाेखराले सन् २०२५ लाई पाेखरा भ्रमण बर्षका रूपमा मनाउँदै छ । साे काे घाेषणाका लागि सनिबार पाेखरा महानगरपालिकाले पाेखरा भ्रमण बर्षकाे घाेषणा सभा आयोजना हुँदैछ ।
यता, पोखरामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको भिड्न्त हुने भएको छ । फाइनल खेल भोलि शनिबार पोखरा रंगशालामा हुनेछ
पौने २ करोडको पोखरा म्याराथन ! जहाँ दौडिनेछन् १ सय ५२ विदेशीसहित ३ हजार धावक
सनिबार भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा सफल अन्तर्राष्ट्रिय म्याराथन हुँदैछ । म्याराथनको सम्पूर्ण तयारी पुरा भएको आयोजक मञ्चले जनाएको छ ।
करिब १ करोड ८९ लाख रुपैयाँ खर्च हुने म्याराथनमा पुरस्कार राशीमात्रै २१ लाख ३४ हजार रुपैयाँ रहेको छ । जसमध्ये ४२ किलोमिटर म्याराथनमा प्रथम हुने धावकले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, द्वितीयलाई ३ र तृतीयलाई २ लाख रुपैयाँ र सान्त्वनास्वरुप चौथोदेखि आठौंसम्मलाई नगद ३० देखि १० हजार रुपैयाँ रहेको छ ।
यसैगरी महिला हाफ म्याराथन, १० किमि पुरुष तथा महिला, ५ किमि छात्ररछात्र, ह्विल चियर तथा दृष्टिविहिन पुरस्कार राशीमा समेत वृद्धि गरेको आयोजकले जनाएको छ ।
कूल १४ विधा रहेको दौडमा खुला म्याराथन ४२.१९५ किमि, गण्डकी प्रदेशस्तरीय खुला म्याराथन ४२.१९५ किमि दौड, २१.०९७ किमि हाफ म्याराथन महिलारपुरुष दौड, महिलारपुरुष १० किमि दौड, विद्यालयस्तरिय छात्ररछात्रा ५ किमि दौड, महिलारपुरुष ह्विल चियर तथा दृष्टिविहिन महिलारपुरुष दौड, ५० वर्ष भन्दा माथी ५ किमि भेट्रान्स महिला र पुरुष दौड हुनेछन् ।
यसैगरी महिला हाफ म्याराथन, १० किमि पुरुष तथा महिला, ५ किमि छात्ररछात्र, ह्विल चियर तथा दृष्टिविहिन पुरस्कार राशीमा समेत वृद्धि गरेको आयोजकले जनाएको छ ।
म्याराथनका सम्पूर्ण विधामा २१ राष्ट्रका खेलाडी सहभागी हुनेछन् ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा शनिबार
पोखरा महानगरपालिकाले यहीँ फागुन ३ गते शनिबार पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा गर्नेछ । २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ भ्रमण वर्ष घोषणा गर्न लागिएको महानगरपालिकाले जानकारी दिएको छ ।
घोषणा कार्यक्रम भव्य बनाउने महानगरको तयारी छ । घोषणा कार्यक्रममा महानगरका ३३ वटै वडा र आसपासका पालिकाबाट जातीय, भाषिक, धार्मिक र सांस्कृतिक पहिचान झल्कने झाँकी र्यालीसहित महानगरबासीको उपस्थिति रहने प्रमुख आचार्यले बताएका छन् ।
गतवर्ष चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो । पोखरा भ्रमण वर्षलाई सफल पार्नका लागि प्रमुख आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मूलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ७३ सदस्यीय एक निर्देशक समिति र पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा २० सदस्यीय कार्य सम्पादन समिति र अन्य ४३ समिति गठन गरिएको छ ।
एमाले उपाध्यक्ष समेत रहेका नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको विशेष उपस्थितिमा भ्रमण वर्षको घोषणा कार्यक्रम हुनेछ ।
आहा-रारा गोल्डकप : उज्वेकिस्तानी बुल्स र पुलिसको फाइनल भिडन्त
सनिबार नै पोखरामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न हुनेछ ।
फाइनलमा नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको भिड्न्त हुनेछ । पुलिस क्लबले प्रि–क्वाटरफाइनलमा आयोजक सहारा क्लबलाई १–०,क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज युनाईटेडलाई २–०,र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले पराजित गर्दे फाइनलको यात्रातय गरेको हो ।
नेपाल पुलिस क्लब (एनपीसी) आहा-रारा गोल्डकपमा सर्वाधिक ६ पटक उपाधि जितेको रेकर्ड राखेको छ । यसपटक उनीहरुले सातौं उपाधि जितेर इतिहास बनाउने लक्ष्यका साथ मैदान उर्तनेछन ।
उज्वेकिस्तानको ब्ल्याक बुल्सले पहिलो पटक आहा-रारा गोल्डकपमा सहभागिता जनाएको हो । उनीहरुले क्वाटरफाइनमा भारतको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० र सेमिफाइनलमा थ्रीस्टार क्लबलाई ४–० गोलले हराउँदै फाइनलमा पुगेको हो । ब्ल्याक बुल्सले आफ्नो खेल कौशलबाट दर्शकको मन जितेको छ ।
प्रकाशित मिति २०८१ फागुन २ गते शुक्रबार १०:३७




